२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बालेन्द्र विस्तार गरे मन्त्रिपरिषद्, उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त

सरकारले मन्त्रिमण्डल विस्तार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएका छन् ।  

त्यस्तै बिहीबारमात्र बर्खास्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दीपक साहका ठाउँमा रामजी यादव नियुक्त भएका छन् ।

उद्योग मन्त्री गौरीकुमारी र श्रममन्त्री रामजी दुवै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरूको आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । 

प्रकाशित: २७ चैत्र २०८२ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App