२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (आज) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। 

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दिउँसो तीन बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई उनले सम्बोधन गर्न लागेका हुन्। 

राष्ट्रपतिले दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन्।

प्रकाशित: २७ चैत्र २०८२ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App