२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

सभापति थापाले संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको तर्फबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।

बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलको बैठकमा सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा सभापति थापाले प्रशिक्षण दिने तय भएको हो। 

दलको बैठकमा सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुम्वासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकले सङ्घीय संसदमा कसरी अगाडि बढ्ने भन्नेबारे पनि एजेन्डा तय गर्नेछ। 

प्रकाशित: २३ वैशाख २०८३ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App