नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
पार्टी मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई आधिकारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्ताव गरिएको थियो ।
उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो ।
प्रकाशित: ९ माघ २०८२ १५:३३ शुक्रबार





