२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

विपद्को घडीमा धैर्य रहन राष्ट्रपति पौडेलको आग्रह

फाइल।

राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न भागमा जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबैलाई सजग रहन आग्रह गरेका छन्।

उनले विपद्को यो घडीमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न आम नागरिकलाई र उद्धार तथा राहत कार्यमा तीव्र गतिमा खटिन राज्यका सबै निकायलाई अपिल गरेका हुन्।

शनिबार एक अपिल जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहँदै यो विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु।’

यसैगरी, उनले यो विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई पनि अपिल गरेका छन्।

राष्ट्रपतिले विपद्‌मा परेका नागरिकहरूको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराए।

प्रकाशित: १८ आश्विन २०८२ २१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App