जापानको चारदिने भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल बुधबार (आज) स्वदेश फर्कने भएका छन्।
आइतबारदेखि जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले जापानी प्रधानमन्त्री तकाइची सनाय र सम्राट नारुहितोलगायतसँग राजकीय शिष्टाचार भेट गरेका थिए।
सो अवसरमा उनले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन समेत गरेका थिए।
साथै, पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका थिए।
प्रकाशित: २१ माघ २०८२ ०८:४९ बुधबार





