राष्ट्रपति रामचन्द्र पौडेलले 'नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२' जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले आज 'नेपाल विशेष सेवा' अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यो अध्यादेश जारी गरेका हुन् ।

प्रकाशित: ५ मंसिर २०८२ १५:५३ शुक्रबार





