२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसहित तीन शीर्ष नेतासँग छलफल गर्दै राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्ने भएका छन्। राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेका हुन्।

संवादमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। बैठक अहिले तीन बजे बस्ने तय भएको छ।  

प्रकाशित: ८ पुस २०८२ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App