२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

फाइल तस्बिर

​नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दै छ। तर पार्टी सभापति शेरबहादुर देउवा बैठकमा सहभागी नहुने भएका छन्।

​सभापति देउवा बैठकमा अनुपस्थित हुने भएपछि उक्त बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्। ​भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्।

पार्टीको सभापतिबिना बस्न लागेको आजको बैठकमा केन्द्रीय समितिका एजेण्डामा छलफल हुने बताइएको छ।

प्रकाशित: २३ आश्विन २०८२ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App