२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सभापति देउवाद्वारा पूर्वप्रमुख गुरुङको निधनमा शोक व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन्।  

सभापति देउवाले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुखित र मर्माहत बनाएको बताएका छन्। स्वर्गीय गुरुङले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सधैं स्मरणीय रहने विज्ञप्तिमा उल्लेख छ। सभापति देउवाले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।  

प्रजातन्त्र सेनानी, शिक्षाप्रेमी, समाजसेवी एवं निष्ठावान व्यक्तित्व गुरुङको आज बिहान ८:४५ बजे ७६ वर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ। गुरुङको पार्थिव शरीरलाई भोलि बिहान ११:१५ बजे उनको निवास भरतपुर महानगरपालिका वडा नं २६, दिव्यनगरबाट देवघाटधाममा लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।

प्रकाशित: १० श्रावण २०८२ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App