४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

अध्यक्षद्वय दाहाल र नेपालको भेट, यी हुन् छलफलका विषय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।  

अध्यक्ष दाहालको निवासमा भएको उक्त भेटघाटमा मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो। वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तर्राष्ट्रिय तहमा शक्तिराष्ट्रबिच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।  

दुई पार्टीका अध्यक्षबिचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच भएका सहकार्य तथा एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो। 

प्रकाशित: ११ श्रावण २०८२ १८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App