१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन सबैको साझा जिम्मेवारी: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको बताएका छन्। दीपावली तथा भाइटिकाको पावन अवसरमा सम्पूर्ण  शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

शुभकामना सन्देशमा “हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मूल नाराका साथ यस पर्वले पारिवारिक एकता, माया र आपसी सम्बन्ध झन् प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गरेका छन्। उनले देश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त भएकाले विविधता नै हाम्रो शक्ति भएको उल्लेख गरेका छन्।

सन्देशमा उनले दीपावलीको उज्यालोले सत्य, न्याय र सद्भावको भावना फैलाउने र भाइटिकाले दिदीभाइबीचको आत्मीय प्रेम, माया र सम्मानलाई झन् प्रगाढ बनाउने अवसर प्रदान गर्ने बताएका  छन्। उनले नेपाली  परम्परा, धर्म र संस्कृति हाम्रो पहिचान भएको स्मरण गराएका छन्।  

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सबै धर्म, जाति र संस्कृतिको समान सम्मान गर्दै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर कार्य गरिरहेको बताए। उनले दीपावली र भाइटिकाजस्ता पर्वहरूले सामाजिक समरसता, सहकार्य र एकता बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

'यी पर्वहरूले नयाँ उत्साह, उमङ्ग र उर्जा सञ्चार गरी समाजमा सकारात्मक सोच र सहकार्यको वातावरण सृजना गर्न प्रेरणा दिन्छन्,' सन्देशमा भनिएको छ।

प्रकाशित: ६ कार्तिक २०८२ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App