२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीको तयारी पूरा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन अन्तिम चरणमा पुर्‍याएको छ। आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने र ३७ प्रकारका सामग्री जिल्लास्तरमै व्यवस्थापन गर्ने तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए।

आयोगका अनुसार केन्द्रबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम तथा मतदान केन्द्रका लागि सुरक्षणशील सामग्री, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड र त्यसको मसी, दुई प्रकारका स्वस्तिक छाप तथा मतपेटिका स्टीकर छन्।

त्यसैगरी जिल्लास्तरमै व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, विभिन्न अनुसूची फारम, पुसपिन, पोल बुकका लागि प्रयोग हुने डायरी, मार्कर पेन, स्केल, स्टापलर मेसिन र पिन, कात्री, ग्लुस्टिक, काउन्टिङ डम्पर, पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री तथा बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसङ्ख्या सूची, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप छन्।

यसका अतिरिक्त नेपाली कागजका खाम (१० बाइ १५ इन्च), कपडाको नेपाली खाम (निबिदा मतपत्रका लागि), सेतो कागज, रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा, कालो र रातो जेल पेन तथा  मैनबत्तीकf चार प्याकेटसमेत जिल्लामै व्यवस्थापन गरिने आयोगले जनाएको छ।

प्रकाशित: २६ माघ २०८२ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App