१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रलोपाको केन्द्रीय कमिटी बैठक वैशाख ११ र १२ गते

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले केन्द्रीय कमिटीको विस्तारित बैठक आह्वान गरेको छ । बैठक  आगामी वैशाख ११ र १२ गते काठमाडौंमा बस्नेगरी बोलाइएको पार्टीको अध्यक्ष मण्डलका अध्यक्ष सन्तोष परियारले जानकारी दिए ।  

बैठकमा प्रलोपा निर्माण र २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षाका साथै पार्टीको आगामी कार्ययोजनाका बारेमा  छलफल हुने परियारले बताए ।  

बैठकमा प्रदेश इन्चार्ज र प्रत्यक्षतर्फका उमेदवारहरूबाट निर्वाचनको समीक्षा हुने उनले बताए । केन्द्रीय सदस्यबाट आगामी कार्ययोजनाको लिखित सुझाव वैशाख ९ गतेभित्र ईमेलमार्फत पठाउँन प्रलोपाले आग्रह पनि गरेको छ ।  

केन्द्रीय कमिटी विस्तारित बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष परिषद् र प्रत्यक्षतर्फका उमेदवार (अन्तिमसम्म रहेका सबै) सहभागी हुनेछन् ।  

 

प्रकाशित: ३ वैशाख २०८३ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App