२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रदीप ज्ञवालीले सम्हाले मदन–आश्रित स्मृति प्रतिष्ठान

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । नवनिर्वाचित अध्यक्ष ज्ञवालीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै जिम्मेवारी सम्हालेका हुन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रमबीच ज्ञवालीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा  प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।  

शपथपछि ज्ञवालीले छलफलपछि प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारे खाका तयार गर्ने बताए । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरू उत्पादन गर्ने गरी प्रतिष्ठानले काम गर्ने उल्लेख गर्दै उनले प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने दाबी गरे ।  

गत शुक्रबार भएको प्रतिष्ठानको ३१औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुँयाल, सचिवमा मधु तिमिल्सिना, कोषाध्यक्षमा सरोज दाहाल, सदस्यमा विदुरप्रसाद ढुङ्गाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईँ चयन भएका छन् । 

प्रकाशित: २६ श्रावण २०८२ १६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App