नेकपा (एमाले)को आगामी नेतृत्वका लागि मनोनयन दर्ताको क्रम चलिरहँदा नेता प्रदीप ज्ञवाली भने महाधिवेशनस्थलबाट बाहिरिएका छन्।
केपी शर्मा ओलीले उपाध्यक्षका लागि आफ्नो प्यानलमा नाम राखेपछि असन्तुष्टि जनाउँदै उनले महाधिवेशनस्थल छाडेका हुन् । आफू उपाध्यक्षको उमेदवार नबन्ने बताउँदै उनले उम्मेदवारी दर्ता पनि गराएका छैनन्।
उनले महासचिवको आकांक्षा राखेका थिए। ओली प्यानलबाट महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ।
प्रकाशित: २९ मंसिर २०८२ १६:२९ सोमबार





