२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दुई चरणमा चुनाव नगर्न प्रचण्डको सुझाव

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन फागुन २१ गते नै हुने दाबी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले चुनाव दुई चरणमा नगरी एकै चरणमा सम्पन्न गर्नुपर्ने सुझाव दिए। उनले निष्पक्ष र स्वच्छ वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

उनले भने, ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। निष्पक्ष वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य होइन, असाधारण परिस्थितिमा हुन लागेको चुनाव हो। राष्ट्र र जनताको हितमा ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ।’

प्रचण्डले अझै पनि केही व्यक्तिहरूले चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का व्यक्त गरिरहेको उल्लेख गर्दै तोकिनेकै मितिमा चुनाव हुनुपर्ने स्पष्ट पारे। निर्वाचन स्वच्छ र धाँधलीरहित भए नेपाली कम्युनिस्ट पार्टीले राम्रो नतिजा ल्याउने विश्वाससमेत व्यक्त गरे।

 

प्रकाशित: २१ माघ २०८२ १६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App