२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमन्त्री शर्माद्वारा मानसिक अस्पताल निरीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले  मानसिक अस्पताल ललितपुर बिहिवार निरिक्षण गरेकी हुन्। सो क्रममा अस्पतालको भौतिक पुर्वाधार, सेवा प्रवाहको गुणस्तर र विरामीहरुको पहुँचबारे जानकारी लिएकी हुन्।

मन्त्री शर्माले अस्पताल प्रशासनसँगको स्वास्थ्य सेवा अझ बढी प्रभावकारी, गुणस्तरीय र बिरामीमैत्री बनाउन चाल्नुपर्ने विषयमा छलफल गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अस्पतालहरूको अनुगमनपछि मन्त्री शर्मा र  महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन वीच जनस्वास्थ्यका मुद्दाहरूमा रहेर विशेष भेटघाट भएको थियो। सो क्रममा  स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकको पहुँचमा पु¥याउन महानगर गरेका प्रयासहरू र मन्त्रालयवीच नीतिगत सहकार्यको विषयमा छलफल भएको छ। पदाभार ग्रहण गरेलगत्तै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेकी शर्माले यसअघि नै मानसिकसँग सम्वन्धित विभिन्न कार्यक्रम सम्पन्न गरेकी छन्।

प्रकाशित: २३ माघ २०८२ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App