१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्डले भने- पार्टी फुट्दैन, एकजुट भएको छ, जनार्दन अराजक भए

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले सचिवालय बैठक बहिष्कार गर्नु अराजक र अलोकतान्त्रिक भएको बताएका छन्।

यद्यपि, उनले पार्टीभित्रको यो विवादले कुनै असर नगर्ने र पार्टी फुट्ने कुनै सम्भावना नरहेको दाबी गरे।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वामपन्थी शक्तिहरूसँगको एकता प्रक्रियालाई टुंगो लगाउन बसेको सचिवालय बैठकमा नेता शर्माले असहमति जनाउँदै बीचमै बाहिरिएका थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले भने, ‘केही हुँदैन, हाम्रो पार्टी एकजुट भएको छ। जनार्दन पनि एक हुनुपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ।’

शर्माको बहिर्गमनबारे टिप्पणी गर्दै दाहालले थपे, ‘उहाँले आफ्नो विषय राख्नुभयो र हामीले ‘बस्नुस्, छलफल गरौँ’ भन्दा उठेर हिँड्नुभयो। उहाँको त्यो शैली नराम्रो हो। त्यो न लोकतान्त्रिक हो, न राजनीतिक। त्यो एक प्रकारले अराजक तरिका हो।’

यसअघि, नेता शर्माले बैठक छाड्दै गर्दा हालको एकता प्रक्रियाले पार्टीलाई वैचारिक विचलन र विघटनतर्फ लैजाने आरोप लगाएका थिए।

प्रकाशित: १५ कार्तिक २०८२ १९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App