९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

सरकारलाई प्रचण्डको सुझाव: दीर्घकालीन प्रभाव पार्ने निर्णय नहोस्

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सरकारलाई सुझाएका छन् ।  

विराटनगरमा आयोजित एकता सन्देश सभामा प्रचण्डले अन्तरिम सरकारले दीर्घकालिन अर्थ राख्ने सन्धी सम्झौता गरे त्यो सरकारको म्याण्डेड भन्दा बाहिरको हुने बताए ।  

म्याण्डेड बाहिरका गतिविधि नगर्न सुझाउँदै उनले त्यस्ता गतिविधिविरुद्ध सबैले आवाज उठाउन पर्ने बताए । चुनाव जित्नमात्रै पार्टी एकीकरण नगरिएको भन्दै उनले  शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने नीति लिने, उद्योग पर्यटन र जलस्रोत जस्ता क्षेत्रमा परिवर्तन ल्याउने दाबी गरे ।  

समुदायमा आधारित समाजवाद निर्माण गर्न अगाडि बढ्न कार्यकर्तालाई अपिल गर्दै  संकटसँगै फड्को हान्ने अवसर पनि आउने धारणा । पुस्तान्तरण भनेर केहीले समाज खल्वल्याउने काम गरिरहेको भन्दै दाहालले अग्रजहरूलाई अपमान गरे राम्रो नहुने बताए ।  

जेन-जीहरूले नेपाली कम्युनिष्ट पार्टीलाई अभिभावक मानेको दाबी गर्दै उनले जसका कारण धेरै जेन-जी पार्टीमा प्रवेश गरिसकेको र अझै गर्नेक्रममा रहेको बताए  ।  

नेपाली कम्युनिष्ट पार्टीले सबै बामपन्थीलाई एउटै केन्द्रमा ल्याउने ऐतिहासिक भूमिका निर्वाह गर्ने दाहालको दाबी छ । 

प्रकाशित: १५ मंसिर २०८२ १७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App