२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बाढी गएको ४९औँ दिनको अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो ।

बाढीबाट घरविहीन बनेका परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुगेका हुन् ।

प्रकाशित: २७ आश्विन २०८३ १५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App