आईसिसी विश्वकप क्रिकेट लिग २ को आफ्नो अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध धारिलो बलिङ गरेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले पाँच ओभरभित्र २ विकेट गुमाएर मात्र १० रन बनाएको छ।
हसन वाहाबलाई शुन्य रनमा करण केसीले र मुजिबुर अलीलाई २ रनमा नन्दन यादवले बोल्ड गराएका हुन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको थियो ।
आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले मात्र १६ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ४० रनको योगदान गरे। रोहित पौडेलले ६१ रन बनाउँदा अर्जुन कुमालले ४० रन जोडे। ईशान पाण्डे र बसिर अहमदले समान ३७, दीपेन्द्र सिंह ऐरीले २२, सुन्दीप जोराले १० रन बनाउँदा आशिफ शेख ४ र नन्दन यादवले नटआउट ७ रनको योगदान गरे।
ओमानका लागि शाह फेसिल, शकिल अहमद र करन सोनाभ्ले समान २ विकेट लिए।
प्रकाशित: २७ आश्विन २०८३ १५:५० मंगलबार



-600x400.jpg)

