नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता, संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन्।
पूर्वी रुकुमको सिस्ने गाउँपालिका–८ निवासी रावललाई प्रचण्डको स्वकीय सचिवमा नियुक्त गरिएको हो। उनलाई गत साउन ५ गते नै उक्त जिम्मेवारीमा नियुक्त गरिए पनि नियुक्तिसम्बन्धी पत्र भने आज सार्वजनिक गरिएको हो।
रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत नियुक्तिपत्र सार्वजनिक गर्दै प्रचण्डप्रति आभार व्यक्त गरेका छन्। उनले देश र जनताको सेवामा निरन्तर सक्रिय रहने तथा रुकुम पूर्वलाई नमुना जिल्ला बनाउने प्रचण्डको लक्ष्य र अभियानलाई सफल बनाउन निष्ठा, इमानदारी र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्।
‘देश र जनताको सेवामा निरन्तर सक्रिय हुने तथा रुकुम पूर्वलाई नमुना जिल्ला बनाउने उहाँको लक्ष्य र अभियानलाई सफल पार्न निष्ठापूर्वक, इमानदारीका साथ र जिम्मेवार भएर काम गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु,’ रावलले भनेका छन्।
प्रकाशित: ३ भाद्र २०८३ १६:३६ बुधबार



-600x400.jpg)
-600x400.jpg)
