राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उद्धव थापालाई बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।
पार्टीको निर्णय विपरीत आफूखुसी निर्णय गरेको भन्दै उनलाई संसदीय दलको नेताबाट हटाउने प्रक्रिया थालेको प्रदेश सांसद कुमारी तामाङले जानकारी दिइन्।
यसअघि बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा राप्रपाको समर्थनसहितको पत्रमा संसदीय दलका नेता उद्वव थापाले हस्ताक्षर गरेको थिए।
अनुमति बिनै मुख्यमन्त्रीमा समर्थन गरेपछि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति नरहेको स्पष्ट पारेको थियो।
अहिले राप्रपा संसदीय दलको नेता चयनको प्रक्रिया र सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा छलफल भइरहेको उनले बताइन्।
प्रकाशित: ३ भाद्र २०८३ १७:३७ बुधबार





