नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले बोलेका ‘बालेन्द्रतन्त्र’ शब्दमा रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाएकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा थापाले देशमा बालेन्द्रतन्त्र स्थापित भएको भन्दै महेन्द्र र ज्ञानेन्द्रको शासनसँग तुलना गरेपछि बास्कोटाले नियमापत्ति जनाएकी हुन्।
उनले भनेका थिए, ‘२०१७ सालमा महेन्द्रतन्त्र र २०६१ सालमा ज्ञानेन्द्रतन्त्र आएजस्तै अहिले मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको छ।’
बास्कोटाले ‘बालेन्द्रतन्त्र’ शब्दलाई अश्लील, अपमानजनक र आपत्तिजनक भन्दै संसदमा मर्यादित र संवैधानिक शब्द प्रयोग गर्न, जनताको अभिमतको सम्मान गर्न आग्रह गरिन्।
यस्तै, उनले सांसद थापाले प्रयोग गरेका असंसदीय शब्दहरू रेकर्डबाट हटाउन माग गरिन्।
प्रकाशित: ३ भाद्र २०८३ १७:१३ बुधबार


-600x400.jpg)
-600x400.jpg)

