नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले उक्त ध्यानाकर्षण गराएका हुन्। उनले नेपालकै बढी गर्मी हुने सहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत् कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताए।
प्रकाशित: ७ जेष्ठ २०८३ १३:५४ बिहीबार





