३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक दल निराशाको कारखानामात्र बने: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालका राजनीतिक दल निराशाको कारखानामात्र बनेको आरोप लगाएका छन‍् ।  

आज धर्म गौतमद्वारा लिखित ‘बीपी र बिद्रोहका ती दिन’ पुस्तक लोकार्पण गर्दै नेपालमा राजनीति गर्ने व्यक्ति पद र जिम्मेवारीमा पाए पनि थप अवसर खोज्दै निरास हुने परिस्थितिमा पुगेको बताए ।  

उनले भने, ‘एक पटक दलको नेतृत्व गरेको व्यक्तिलाई पटक पटक नेतृत्वमा पुग्नु छ । दोहोर्‍याएर नेतृत्व नगर्न सुझाएपछि त्यहाँ निराशा, पाँचौ पटक प्रधानमन्त्री बनेको व्यक्ति छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा निराशा यस्ता निरासाले नेपालमा राजनीतिक दल निराशाको कारखाना बने भन्ने जस्तो मलाई लाग्छ ।’

सभापति थापाले राजनीतिमा सफलताको मानक पद वा सत्ता मात्र हुन नसक्ने पनि बताए। पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल र कार्यकर्ताको त्यागलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: ३१ श्रावण २०८३ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App