ताप्लेजुङ प्रहरीले १२ बोरे बन्दुकसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवले बताए अनुसार पक्राउ पर्नेमा झापा जिल्लाको दमक नगरपालिका-५ बेलगाँडी घर भई फक्ताङलुङ गाउँपालिका-५ मा डेरा गरी बस्ने २१ बर्षिय मुस्कान दियाली रहेका छन्।
प्रहरी चौकी लुङथुङ लेलेपबाट खटिएको प्रहरी टोलीले दियालीलाई लेलेपबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दियाली माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तरगत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १९:१० आइतबार



-600x400.jpg)

-600x400.jpg)