जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रिय हित अनुकूल नभएको बताएका छन्।
नेपालले भारतको सीमा नमिचेको र भारतले पनि यस विषयमा कहिल्यै केही बोलेको उनले बताए। उनले आइतबार प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा 'नेपालले पनि भारतको सीमा मिचेको छ' भनि दिएको विवादास्पद अभिव्यक्ति गलत, त्रुटिपूर्ण र अपरिपक्व भएको बताए।
'आइतबार सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा 'नेपालले पनि भारतको सीमा मिचेको छ' भनि दिएको विवादास्पद अभिव्यक्ति गलत, त्रुटिपूर्ण र अपरिपक्व छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'नेपालले भारतको सीमा मिचेको छैन। भारतले पनि यस विषयमा कहिल्यै केही बोलेको छैन। प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित अनुकूल छैन।'
प्रकाशित: १८ जेष्ठ २०८३ १३:०७ सोमबार





