५ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

पार्टीभित्रैका व्यक्तिले विपक्षीलाई खुसी बनाउने काम गरे : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई खुसी बनाउने काम नगर्न आग्रह गरेका छन्।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी भित्रको बहस भित्रै छलफल गर्नपर्ने बताए।

बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै केही व्यक्तिहरूले विरोधीलाई खेल्ने ठाउँ दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको हमलाको प्रतिकार गर्न एकजुट भएर अघि बढ्नुपर्थ्यो। तर पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्धत भए। समस्याको सिर्जना गरे।’

पार्टीमा छलफल गर्नुको साटो बाहिर गएर पार्टीको प्रतिष्ठा कमजोर पार्ने काम भएको भन्दै उनले यस्तो अराजकतालाई नियन्त्रण गरेर अनुशासित पार्टी बनाउनुपर्ने बताए।

‘मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, जस्ता कुराहरू बोल्ने। पार्टीमा छलफल गर्नुस् न, बाहिर गएर जगहस्याँइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलाप हुन हुँदैन,’ उनले भने।

प्रकाशित: ५ आश्विन २०८३ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App