१७ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

सुरुङभित्र अझै मानिस जीवित हुनसक्छन्, विज्ञ ल्याएर उद्धार गरौं: नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीपछि सुरुङभित्र अझै मानिसहरू जीवित हुनसक्ने भन्दै तत्काल विज्ञहरूको सहयोग लिएर उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता शाहीले यस्तो राष्ट्रिय विपद्का बेला आरोप-प्रत्यारोपमा उत्रिनुको साटो सबै मिलेर नागरिकको उद्धार र राहतमा लाग्नुपर्ने बताए।

उनले आफ्नो पार्टीले विपद् व्यवस्थापनको काममा सरकारलाई पूर्ण रूपमा साथ दिइरहेको सुनाए। राज्यका सम्पूर्ण स्रोतसाधन परिचालन गर्ने कार्यकारी अधिकार र दायित्व संघीय सरकारसँगै भएकाले सरकार नै अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने उनको भनाइ छ।

संकटको यो घडीमा एक्लै हिँड्न नहुने भन्दै नेता शाहीले अन्तर्राष्ट्रिय निकायसँगै प्रदेश र स्थानीय तहलाई पनि सँगै परिचालन गरेर खोजी, उद्धार र राहतको कामलाई तीव्रता दिन सरकारलाई सुझाव दिए।

प्रकाशित: १७ भाद्र २०८३ १६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App