१७ भाद्र २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग

नेको इन्स्योरेन्स लिमिटेडले प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणिदेव भट्टाराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लामिछानेले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीलाई ३५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

नेको इन्स्योरेन्सले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपद्बाट प्रभावित समुदायको सहयोग तथा पुनःस्थापनाका विभिन्न कार्यमा आफ्नो योगदान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १७ भाद्र २०८३ १८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App