१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पशुपति क्षेत्र विकास कोष राजनीतिक भर्तिकेन्द्र नहोस्: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र नबनाउन सुझाव दिएकी छन् ।  

कोषको आजको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताइन ।  

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ।  

प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले बैठकको अध्यक्षता गरेकी थिइन । बैठकमा उनले भनिन्, ‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुन्छन्। परम्पगत मान्यता र रीतिथितिहरु हुन्छन्। ती हाम्रा मौलिक संस्कृति हुन्। यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ। संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ। यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो। पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन। दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन। यहाँ काम गर्ने मान्छे धार्मिक नै हुनुपर्छ। धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन। यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ।’

प्रकाशित: २४ कार्तिक २०८२ १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App