१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

दल दर्ता निर्वाचनको सुनिश्चितता होइन, प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य: शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दल दर्ता निर्वाचनको सुनिश्चितता होइन भन्दै यो नियमित प्रक्रिया रहेको बताएका छन्। लोकतान्त्रिक प्रक्रियालाई जीवन पद्धतिको रूपमा आत्मसात् गर्ने पार्टीका रूपमा निर्वाचन आयोगमा नियमित रूपमा दल दर्ता गर्दै आएको उनले बताए। उनका  अनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका प्रयोजनका लागि दल दर्ता गत असोजमा बसेको केन्द्रीय कमिटीको १०औँ बैठकको निर्णयअनुसार गरिएको हो।

‘वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरेर गरेको कदम असंवैधानिक छ र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ,’ पोखरेलले  सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामामा दल दर्ताको आधारमा आगामी फागुन २१ गतेको निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण छ।’

अहिलेको सरकार न निर्वाचनतर्फ अग्रसर देखिएको, न त निर्वाचनको वातावरण बनाउन आवश्यक कुनै कदम उठाएको  उनको आरोप छ । बरु सरकारका गतिविधि राजनीतिक दलहरूको क्रियाशीलता कमजोर पार्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्ने उद्देश्यसँग मेल खाने प्रकृतिका रहेको  पोखरेलले आरोप लगाए। 

भदौ २३ र २४ गतेका विध्वंसात्मक घटनाले संविधानलाई गम्भीर चोट पुगेको भन्दै, यस्तो संवैधानिक सङ्कटको घडीमा प्रतिनिधि सभा पुनःस्थापना नै लोकतन्त्रलाई सही बाटोमा फर्काउने उपाय भएको  उनको निष्कर्ष  छ। 

प्रकाशित: १० मंसिर २०८२ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App