१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचनमा दलहरूले १४ दिन प्रचार-प्रसार गर्न पाउने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुलाई प्रचार-प्रसारका लागि १४ दिनको समय दिने भएको छ।  

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले उक्त समयसीमा बारे जानकारी गराएका हुन्।  

कार्ययोजनामा निर्वाचनको प्रचार–प्रसारका लागि फागुन ४ देखि १८ गतेसम्मको समयसीमा तोकिएको छ। निर्वाचन हुने समयभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने भएकाले सो अघिसम्म प्रचारप्रसार गर्न पाउने आयोगको भनाइ छ।  

फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुर्याउने र त्यसपछि मतदान केन्द्रमा पठाइने तयारी आयोगको छ। 

प्रकाशित: २१ कार्तिक २०८२ १७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App