३ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको बैठक नसकिँदा संसद् बैठक प्रभावित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक नसकिँदा प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेले सांसद र मन्त्रीहरूसँग संसदीय मर्यादा, भूमिका र कार्यशैलीबारे छलफल गरिरहेका छन्। जसका कारण बैठक प्रभावित भएको हो।

रास्वपाको बैठक नसकिँदा दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझैसम्म सुरु हुन सकेको छैन।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ३ भाद्र २०८३ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App