प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।
प्रतिपक्षी दलको निरन्तरको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक मंगलबार दिनको एक बजे बस्ने गरी स्थगित गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरुले सदनमा विरोध जनाएका हुन्।
सोमबारको पहिलो बैठकमा पनि उनीहरुले विरोध गरेका थिए।
प्रकाशित: १८ जेष्ठ २०८३ १६:५२ सोमबार





