दलहरुबीच सहमति जुटाउन संसद सचिवालयले सर्वदलीय बैठक डाकेको छ । बैठक सोमबार (भोलि) बिहान ११ बजे बस्नेछ ।
संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।
बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
भोलिको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुने पनि प्रवक्ता गिरीले बताए ।
प्रकाशित: २२ चैत्र २०८२ २१:४८ आइतबार





