२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

नेकपाका सांसदलाई अभिमुखीकरण तालिम

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमुखीकरण तालिम दिएको छ।

सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सङ्घीय संसद्का दुवै सदनका सांसदका लागि तालिम प्रदान गरिएको नेकपा नेता एवं सांसद वर्षमान पुन अनन्तले जानकारी दिए।

एक दिवसीय कार्यशाला नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रम काठमाण्डौंको स्वयम्भूस्थित एक होटलमा आयोजना गरिएको थियो।

कार्यशालामा नेकपा नेता डा. बेदुराम भुसाल, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, संविधानविद् एवं संविधानसभा सदस्य खिमलाल देवकोटा र राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले सहभागीहरूलाई प्रशिक्षण दिए।

पूर्वसचिव कार्यशालामा फुयालले संसदीय अभ्यास, संसदीय कार्य प्रक्रिया र संसद् नियमावली, देवकोटाले संविधान र संसद्, भुसालले विधेयकको उत्पत्ति, निर्माण, विधेयक पेस गर्ने प्रक्रिया तथा संशोधनदेखि विधेयक पारित भएर कानुन बन्दासम्मको प्रक्रिया र बिडारीले प्रत्यायोजित विधायनका विषयमा प्रस्तुति दिएका थिए।

सांसदहरूको क्षमतावृद्धि तथा संसदमा प्रभावकारी भूमिका बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको जानकारी दिए। सङ्घीय संसद्मा नेकपाका ३४ सांसद छन्।

प्रकाशित: २३ जेष्ठ २०८३ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App