२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपा नेता पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको एक इजलासले यस्तो आदेश जारी गरेको हो। 

पाँडेविरुद्ध एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत यौन दुर्व्यवहार गरेको आरोप छ। बुधबार आफूविरुद्ध उजुरी परेपछि पाँडे छलफलका लागि भोटाहिटीस्थित साइबर ब्युरो पुगेका थिए।

प्रहरीले उनलाई अदालतमा पेस गर्न ढिला भएको भन्दै एक रात राखेको थियो। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पाँडेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको थियो। अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य र वातावरण वैज्ञानिक पनि हुन्।

प्रकाशित: १३ भाद्र २०८२ १६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App