२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

विपक्षी दलहरूको बैठक बस्दै, रास्वपा सहभागी नहुने

नेकपा (माओवादी केन्द्र)ले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएका छन्।

जेन-जीले सरकारविरुद्ध हिजो (सोमबार) गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरूको बैठक बोलाएका हुन्।

बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने भनिएको छ।

उक्त बैठकमा विपक्षी दल रास्वपाले सहभागी नहुने जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८२ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App