१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

विपक्षी दलहरूको निष्कर्ष : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति हटाइनुपर्छ

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमाबारे बोलेको अभिव्यक्ति हटाउनुपर्नेमा विपक्षी दलहरु एक जुट भएका छन्।

सोमबार बिहान सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने निष्कर्ष निकालेको हो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएका बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीका सचेतकहरुको उपस्थिती थियो।

बैठकबाट बाहिँरिदै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्टीकरण दिनुपर्ने बताइन्।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बताइन्। उनले भनिन्,‘ ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको सीमा मिचेको भन्नुभयो। परराष्ट्र मन्त्रालयले त्यसलाई सच्याउँदै क्रस बोर्डर अकुपेन्सीको कुरा गरेको छ। क्रस बोर्डर अकुपेन्सी र प्रधानमन्त्रीले भन्नुभयो कुरा धेरै फरक कुरा हो। प्रधानमन्त्रीले यो कुरालाई फेरि पनि संसद्मा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्छ।’

आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको’ भन्दै विवादित अभिव्यक्ति दिएका थिए।विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अखिलेखबाटै हटाउन माग गरेका हुन्।

आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ।

प्रकाशित: १८ जेष्ठ २०८३ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App