२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एमालेले झापाका लागि के गर्‍यो ? गर्व गर्न लायक जवाफ हामीसँग छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको विकास निर्माणमा एमालेले खेलेको भूमिका नै विपक्षीका प्रश्नको बलियो उत्तर भएको बताएका छन्।

उनले झापाका लागि एमालेले के गर्‍यो भनेर कसैले प्रश्न गरेमा एमालेसँग मात्रै त्यसको स्पष्ट र गर्व गर्न लायक जवाफ रहेको दाबी गरे।

सोमबार झापामा आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी र सरकारको नेतृत्वमा भएको विकासको फेहरिस्त जनतासामु छर्लङ्ग रहेको जिकिर गरे।

अध्यक्ष ओलीले एमालेले गरेको विकास हेर्न टाढा जानु नपर्ने बताए। ‘हामीले यहाँ कुरा गर्दा महाकालीको उदाहरण दिनुपर्दैन, दार्चुला र ताप्लेजुङको उदाहरण दिनुपर्दैन,’ ओलीले भने, ‘झापाको कुनै पनि कुनामा गएर एमालेले यस ठाउँका लागि के गर्‍यो भनेर कसैले सोध्छ भने एमालेले जवाफ दिन सक्छ।’

उनले एमालेबाहेक अन्य कुनै पनि दलसँग ‘हामीले यो गर्यौं’ भनेर देखाउने ठोस आधार नभएको तर एमालेसँग भने आफ्नै जिल्ला र गाउँको विकासको यथेष्ट प्रमाण रहेको दाबी गरे।

ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामबारे अन्य दलका नेताहरूले समेत स्वीकार गरेको बताए।

आफ्नो वर्ग र समुदायका लागि काम गर्ने पार्टी एमाले मात्रै भएको भन्दै उनले एमाले एकलैले विपक्षीहरूका प्रश्नको जवाफ कामबाटै दिन सक्ने क्षमता राख्ने बताए।

विकास र समृद्धिको यात्रामा एमाले सधैं अग्रमोर्चामा रहेको उनको भनाइ थियो।

प्रकाशित: ११ फाल्गुन २०८२ १५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App