२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश सिफारिसमा रास्वपा सांसद खत्री भन्छन् : चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ छैन

रास्वपा सांसद राजीव खत्रीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा आइरहेको धारणामाथि टिप्पणी गर्दै उमेरभन्दा कर्म ठूलो हुने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्ने तर्क राखे। साथै खत्रीले चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ नभएको उल्लेख गरे। 'मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ। चार नम्बरले जित्न हुँदैन भनेर रूनुको अर्थ छैन। मान्छे उमेरले होइन- कर्मले श्रेष्ठ हुन्छ,' उनले भनेका छन्।

सांसद खत्रीले मान्छे मरेपछि कहाँ जान्छ, स्वर्ग र नर्क हुन्छ कि हुँदैन जस्ता सबै तर्क र बहसका विषय भएको भनाइ राखे। तर न्याय र विवेकको आँखा विशुद्ध भइदिए मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमै हुने उनले बताए।

'मान्छे मरेपछि कहाँ जान्छ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन? यी सबै तर्क र बहसका विषय हुन्। तर न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ,' उनले भने।

प्रकाशित: २५ वैशाख २०८३ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App