नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेन-जी’को मागअनुसार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बिदा गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
आज काठमाडौंको भृकुटीमण्डपमा बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा उनले केही ‘जेन-जी’ले प्रधानमन्त्री हटाउन राष्ट्रपतिलाई आग्रह गरेको उल्लेख गरे ।
उनले भने, ‘जेनजीहरूले आफैँ भनेका छन् । राष्ट्रपतिजी कहाँ डेलिगेसन गएर भनेका छन् । हाम्रो सरकार होइन । यसलाई हटाउनुपर्छ भनेर जेनजीहरूले माग गरेका छन् । राष्ट्रपतिज्यू, अस्तिअस्ति जेन-जीको माग भनेर यो सरकार जडान गर्नुभयो त, जेन-जीका मागअनुसार यो सरकार किन बिदा गर्नु हुन्न ?’
ओलीले ‘किन हटाउनु हुन्न ? हटाउनुस्, संविधानले दिँदैन । अस्ति कहाँ दिएको थियो ? भन्दै प्रश्न गरेका छन् ।
संसद् पुनर्स्थापना नै अहिलेको सही बाटो भएको ओलीको भनाइ छ ।
प्रकाशित: ६ मंसिर २०८२ १५:०८ शनिबार





