४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीले भने : शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका छन्।

युवा सङ्घ नेपालले आज गुण्डुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताए।

भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनलगायत जेनजीका मागप्रति समर्थन जनाउँदै उनले भने, 'भदौ २३ र २४ मा जेनजीका नाममा भएको आन्दोलनमा उनीहरूलाई पाखा लगाएर घुसपैठ भयो। नयाँ पुस्ताले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लगाएका होइनन्।'

प्रकाशित: ११ आश्विन २०८२ १५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App