१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीले भने: प्रतिनिधिसभा पुनर्स्थापना कि अदालत गर्छ, कि राष्ट्रपति

‘राष्ट्रपति असंवैधानिक ढंगले संसद् विघटन गर्न सक्ने, पुनर्स्थापना गर्न नसक्ने?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनुपर्ने बताएका छन्। शुक्रबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै ओलीले संसद् पुनर्स्थापना कि अदालत कि राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुपर्ने बताएका हुन्। 

‘हामी विघटित प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ। र, प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनु पर्दछ,’ ओलीले भने, ‘जसले पुनर्स्थापना गर्दछ, त्यसैले गर्नुपर्दछ। कि त अदालतले गर्छ होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ।’ 

राष्ट्रपति पौडेलले ‘असंवैधानिक ढंगले विघटन गर्न सक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ?’ भन्दै उनले प्रश्न गरे। ‘गर्नुपर्‍यो नि त। विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नुपर्छ,’ उनले भने। 

यस कुरामा सबैले लेख्न र बोल्न पनि सक्नुपर्ने ओलीको भनाई छ। ‘सत्यको पक्षमा हामी बोल्न सक्नुपर्छ। सुकरात बोल्न सक्ने, हामी बोल्न नसक्ने भन्ने हुन्छ,’ ओलीले भने। 

प्रकाशित: २१ कार्तिक २०८२ १७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App