४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीले भने: पहिले स्पेनमा मान्छे छाड्यो भने, अहिले जिएसआईको बखेडा गर्दैछन्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश यात्राबारे भ्रम छर्न केही शक्ति संगठित रूपमा लागेको दाबी गरेका छन्। शुक्रबार नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘पहिले स्पेन यात्रा अत्यन्त सफल भयो। एमाले हाइहाइ हुने भयो, अहिलेको सरकार हाइहाइ हुने भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि त्यसलाई हाइहाईलाई समाप्त पार्न भिजिट भिसामा मान्छे लग्यो भनेर हल्ला फिँजाउन थाले।’  योजनाबद्ध निर्णय गरेरै त्यो हल्ला फैलाएको उनले आरोप लगाए। ‘उनीहरूले आफ्नो पार्टी मात्र होइन, अरु पार्टीमा रहेका छोराबुहारी प्रयोग गरेर हामीविरुद्ध प्रचार गर्न लागेर ध्यान अन्त डाइभर्ट गर्न लागे’, ओलीले भने।  

यसपटक फेरि चिनियाँ ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई) का नाममा बखेडा झिकेको उनले बताए। उनले भने, ‘के हो सेक्युरिटी इनिसियटिभ भनेको उत्तर छैन। हामीले के बोल्यौँ सुन्नु पनि छैन। हामीले बोलेको प्रस्ट छ त।’

जिएसआईका सन्दर्भमा आफूले केही नबोलेको दाबी गर्दै ‘कसरी समर्थन हुन्छु ?’ भनेर उनले प्रश्न गरे।

प्रकाशित: २० भाद्र २०८२ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App