नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हामी नेपालका संस्थापक सुदन गुरुङलाई लिएर आक्रोश पोखेका छन्। मंगलबार विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले त्यस्तो मान्छेले सरकार चलाएको भन्दै आक्रोश पोखेका हुन्।
‘कसैकसैले भनेको सुनिन्छ। उद्वरण गर्न नि लाज हुने–यो संविधान फाल्दिउ कि राखुँ भनेर विचार गर्दैछु,’ ओलीले भने, ‘म स्पष्ट भइसकेको छैन, दुविधा छ भनेर कोही एउटा चरम अनधिकृत, नागरिकता छानबिन हुने हो भने मलाई थाहा छैन के हुन्छ। त्यस्तो मान्छे भन्छ।’
नेपालको त्यत्रो मेहनतले बनाएको संविधान फाल्दिउँ कि राखुँ विचार गर्दैछु भनेर कोही व्यक्ति बोल्दा त्यसको खण्डन आधिकारिक ठाउँबाट नआइरहेको पनि ओलीले बताए। ‘यस्तो कुरा त्यो कुरा अनुमोदित हुन्छ–मानिलिउँ उहाँले विचार गर्दैहुनुहुन्छ के हुन्छ हामी पर्खिराख्या छौँ भन्ने खालको अवस्था र मनष्थिति सरकारवालाहरूको देखिन्छ,’ ओलीले भने।
अर्थात् यो सरकार असंवैधानिक र अलोकतान्त्रिक छ भनेर भन्न कुनै अप्ठेरो नमान्नुपर्ने उनले बताए।
प्रकाशित: २ मंसिर २०८२ १७:२७ मंगलबार





