५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सरकारलाई ओलीको प्रश्नः के ठानेको, हाहु सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश भाग्नेकुरा अफवाह मात्रै भएको बताएका छन्। एमालेनिकट युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।  

‘अहिले सुनिरहेको  छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने, के ठानेको छ?,’ ओलीले प्रश्न गर्दै अगाडि भने,‘यहाँ उहाँहरुलाई हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं? के सोचेको छ?’  

आफूले यो देश बनाउनुपर्ने बताउँदै उनले भने, ‘फेरि पनि यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं। देशलाई फेरि सुशासनमा ल्याउँछौं, शान्ति सुब्यवस्थामा ल्याउँछौं।’  

प्रकाशित: ११ आश्विन २०८२ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App